PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने, शक्ति पहिलो रोजाईँमा सुवास बेन्चमा



पहिलोपोस्ट

नेदरल्याण्ड्सले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने, शक्ति पहिलो रोजाईँमा सुवास बेन्चमा
फोटो : आइसीसी

काठमाडौं : ऐतिहासिक ओडिआई म्याचमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। टस हारेको नेपालले पहिले बलिङ गर्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ओडिआई यात्रा सुरु गर्दैछ।

नेपाल र नेदरल्याण्डबीचको खेल आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुँदैछ। नेपाल र नेदरल्याण्ड्स यसअघि ५० ओभरको क्रिकेटमा अहिलेसम्म ५ पटक भिडेका छन्। जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ पटक विजयी भएका छन्।

नेदरल्याण्ड्स विरुद्ध नेपालका ११ जनै खेलाडीले डेब्यु गर्दैछन्। भेट्रान स्पीनर शक्ति गौचन पहिलो रोजाईँमा छन् भने युवा खेलाडी रोहित कुमार पौडेल, विकेटकिपर सुवास खकुरेल, फास्ट बलर ललित भण्डारी र स्पीनर ललित राजवंशी बेन्चमा हुनेछन्।

पहिलो ओडिआई खेल्ने नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell