PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

छोटो समयमा ठूलो उपलब्धी



पहिलोपोस्ट

छोटो समयमा ठूलो उपलब्धी

काठमाडौं:  बलिउड अभिनेत्री तापसी पन्नू पछिल्लो समय दर्शकले रुचाइएका अभिनेत्रीमा पर्छिन्। तापसीले बलिउडमा काम गरेको धेरै भएको छैन। उनले सन् २०१० मा दक्षिण भारतीय फिल्मबाट डेब्यू गरेकी थिइन्।

पछि सन् २०१२ मा उनले बलिउडमा प्रवेश गरिन्। बलिउड प्रवेश गरेसँगै अक्षय कुमारसँग काम गर्ने अवसर पाइन्। अक्षय अभिनित 'बेवी' गरिन्। 'बेवी'को छायाँकन नेपालमा पनि भएको थियो। उनले अमिताभ बच्चनसँग 'पिंक'मा अभिनय गरिन्। यी दुवै फिल्मले उनालाई दर्शकमा चिनायो। त्यसपछि उनले वरुण धवनसँग 'जुडुवा २' गरिन्। फिल्मबाट उनले आफ्नो अभिनयको प्रशंसा बटुलेकी थिइन्।

तापसीको आज ३१ ‍औं जन्मदिन हो। उनलाई आज बलिउडका निर्देशक, कलाकार अनि फ्यानहरुले जन्मदिनको शुभकामना दिएका छन्। भारतीय मिडियाका अनुसार तापसीलाई करिव ५ वर्ष बलिउडमा मिहिनेत गर्नु परेको थियो। उनले कयौं अवार्ड पनि प्राप्त गरेकी छिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell