PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेपाल भर्सेस नेदरल्याण्ड्स : सोमपालले लिए नेपालका लागि पहिलो ओडिआई विकेट



पहिलोपोस्ट

नेपाल भर्सेस नेदरल्याण्ड्स : सोमपालले लिए नेपालका लागि पहिलो ओडिआई विकेट
फोटो : PeterDellaPenna/twitter

काठमाडौं : सोमपाल कामी नेपालको लागि वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा पहिलो विकेट लिने खेलाडी बनेका छन्। 

उनले नेदरल्याण्ड्सका ओपनर डिजे टर ब्राकलाई बोल्ड आउट गर्दै उक्त उपलब्धी हासिल गरे। नेपालका लागि ओडिआईमा पहिलो बल फाल्ने पनि सोमपाल पहिलो खेलाडी बनेका छन्।

नेदरल्याण्ड्स विरुद्ध टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपालले पहिलो ओभर बलिङ गरेका थिए। पहिलो रन खर्चने खेलाडी नै सोमपाल नै बनेका छन्।

उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर १ विकेट लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell