A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6968b4715d17b1.35118773): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6968b4715d17b1.35118773,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कुवेत र इराक लैजान लागिएका ३९ नेपाली महिलाको दिल्लीको होटेलबाट उद्धार
PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

कुवेत र इराक लैजान लागिएका ३९ नेपाली महिलाको दिल्लीको होटेलबाट उद्धार



पहिलोपोस्ट

कुवेत र इराक लैजान लागिएका ३९ नेपाली महिलाको दिल्लीको होटेलबाट उद्धार

काठमाडौं :  दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मंगलबार राति उद्धार गरेको छ। नेपालबाट त्यहाँ पुर्‍याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो। उनीहरुलाई सोही होटलबाट उद्धार गरिएको हो।

डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती महिलालाई पहिले दिल्ली ल्याइएको र त्यहाँबाट उनीहरुलाई जागीर दिलाउने वाचा गर्दै अवैध व्यापारको लागि खाडी राष्ट्रमा पठाउने तयारीमा राखिएको एएनआईले जनाएको छ।

केही महिलालाई यसअघि नै श्रीलङ्का पठाइएको र उनीहरु सम्पर्कविहीन रहेको पनि मालीवालले एएनआईलाई बताएकी छन्। दिल्लीका विभिन्न स्थानबाट एक हप्ताभित्र नै ७३ जना महिलालाई उद्धार गरिसकिएको पनि मालीवालले बताइन्।

मालीवालले गृहमन्त्री राजनाथ सिंहलाई दिल्लीका प्रहरी उच्च अधिकारीहरुसँग यस विषयमा छलफल गर्नको लागि समेत आग्रह गरेकी छन्। साथै दिल्ली प्रहरीलाई मानव ओसारपसारको यो कार्य रोक्नको लागि निर्देशन दिन पनि मन्त्री सिंहलाई आग्रह गरेको समाचारमा उल्लेख छ।

गत जुलाई १६ मा पनि मुनीरका क्षेत्रबाट १६ नेपाली महिलालाई उद्धार गरिएको डिसीडब्लुले जानकारी दिएको छ। ती नेपाली महिलालाई भारत ल्याइएको र त्यसपछि राम्रो जागीर दिलाउने लोभ देखाएर कुवेत र इराकमा लैजाने तयारी रहेको जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell