PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

१० दिने युरोप भ्रमणपछि फर्किए परराष्ट्र मन्त्री ज्ञवाली : इयुको कालो सूची हटाउन पहल



विधुर ढकाल

१० दिने युरोप भ्रमणपछि फर्किए परराष्ट्र मन्त्री ज्ञवाली : इयुको कालो सूची हटाउन पहल

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १० दिन लामो युरोप भ्रमणबाट फर्किएका छन्। 

पोर्तुगलका विदेशमन्त्रीको निमन्त्रणामा पोर्तुगलसहितका बेल्जियम र लक्जम्वर्गको भ्रमण गरेर उनी बुधबार स्वेदश फर्किएका हुन्। 

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले पोर्चुगलका समकक्षी अगस्तो सान्तोष सिल्भासँग द्वीपक्षीय भेटवार्ता गरेका थिए। द्वपक्षीय भेटका क्रममा दई देशबीचको सम्बन्धमा नयाँ नयाँ आयाम थप्न तथा साझेदारीका नयाँ आयाम पहिचानका लागि लागि द्वीपक्षीय परामर्श संयन्त्र गठन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले जानकारी दिए। 

'आगामी दिनमा दई देशकोबीचमा लगानी अभिवृद्धि, व्यापार विस्तार तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा विकासशील देशहरुको पक्षमा, अन्तर्राष्ट्रिय शान्तिको पक्षमा साझा सहकार्य गर्ने र पोर्तुगलमा रहेका ठूलो संख्यामा रहेका नेपालीहरुको हितमा काम गर्ने विषयमा महत्वपूर्ण छलफल गरेका छौँ,' उनले भने। 

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीलेले वेल्जियम भ्रमणका क्रममा त्यहाँका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डिडियर रियन्डरसँग द्वीपक्षीय भेटवार्ता भएको जानकारी दिए। उनले वेल्जियमका विदेशमन्त्रीसँग समेत लगानी अभिवृद्धि, व्यापार विस्तारसहितका विषयमा छलफल भएको बताए। 
त्यस्तै मन्त्री ज्ञवालीले लक्जम्वर्गका आर्थिक सहयोग तथा मानवीय मामिलामन्त्री रोमाइन स्चिनेइडरसँग भेटवार्ता गरेका थिए। 

उनले भ्रमणको उद्देश्य युरोपमा रहेका नेपाली नियोगका राजदूतहरुसँगको छलफल भएको भन्दै युरोपका विभिन्न देशका लागि ९ नेपाली राजदुतसँग ९ घण्टा लामो छलफल गरेको जानकारी दिए। 'परिवर्तित सन्दर्भमा हाम्रो वाह्य सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा उहाँहरुसँग छलफल भएको छ,' मन्त्री ज्ञवालीले भने, 'विशेष गरी नेपालले अंगिकार गरेको आर्थिक वृद्धिको लक्ष्यलाई गति दिन र नेपालको छवि, नेपालको शान्ति प्रकृया, समावेशी संविधानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्या उन विशेष निर्देशन दिएको छु।'

 उनले युरोपका थिंक ट्यांकहरुमाझ नेपाल सरकारको विदेश नीति,  आर्थिक नीति,  विकासको विषयमा जानकारी गराएको बताए। उनले युरोप भ्रमणका क्रममा गैर आवासीय नेपाली संघको कार्यक्रममा सहभागी भएका थिए। 

गैरआवासी नेपालीहरुलाई सम्बन्धित देशमा नेपालको पहिचान फैलाउन र नेपालको छवि उजागर गर्नका लागि आग्रह गरेको उनले बताए। त्यस्तै उनले ती देशबाट नेपालमा लगानी विस्तारका लागिसमेत पहल गर्न आग्रह गरे।

परराष्ट्रमन्त्री ज्ञवालीले युरोपले नेपाल प्रति चासो राखेको भन्दै उनले नेपालको विदेश नीति, लगानीको नीति, नयाँ सरकारको कार्यक्रमलगायतका विषयमा उनीहरुको चासो रहेको बताए। 'उहाँहरुको उर्जा र पूर्वाधार विकासमा चासो देखाउनु भएको छ, केहीले कृषिमासमेत चासो देखाउनुभएको छ,' उनले भने। उनले युरोपमा व्यापार विस्तारका लागि थप प्राथमिकतामा राख्न आग्रह गरेको बताए। 

उनले नेपालमाथि युरोपेली कमिसनले नेपाली हवाइ क्षेत्रमा लगाएको प्रतिवन्ध हटाउन आग्रह गरेको जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell