PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

कप्तान पारसले लिए ४ विकेट, नेदरल्याण्ड्स दवावमा



पहिलोपोस्ट

कप्तान पारसले लिए ४ विकेट, नेदरल्याण्ड्स दवावमा

काठमाडौं : नेपालले आफ्नो पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ।

नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली दबाबमा परेको छ। पारशले ४० औं ओभरमा लगातार दुई विकेट लिए। ५१ रन बनाएर खेलिरहेका रिप्पनलाई आउट गर्दै उनले खेलमा डच टिमलाई दवावमा राखेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले ४० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको छ।  पारसले ८ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र बसन्त रेग्मीले १-१ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell