PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राजधानीमा पानी परेपछि किन अत्याधिक ट्राफिक जाम?



पहिलोपोस्ट

राजधानीमा पानी परेपछि किन अत्याधिक ट्राफिक जाम?

काठमाडौं : राजधानीवासीका लागि ट्राफिक जाम नौलो कुरा होइन। कतै जाँदा होस् या आउँदा जाममा नफसी सुखै छैन।

११ लाख सवारी साधन गुड्छ काठमाडौंमा उपत्यकामा। त्यसैले ट्राफिक जाम यहाँको सर्वकालीन समस्या बनिरहेको छ। अझ त्यसमाथि पानी परेपछि त राजधानीको ट्राफिक व्यवस्था तहसनहस हुन थाल्छ।  आखिर किन वर्षापछि राजधानीमा जाम बढ्छ? 

राजधानीका अधिकांश सडक अस्तव्यस्त छन्। विभिन्न बहानमा खनिएका र नबनाइएका सडकमा खाल्डा यत्रतत्र छ। पानी परेपछि त्यस्ता खाल्डा भरिन्छन्। यिनै कारण ट्राफिक जाम बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले बताए। 'वर्षापछि सडकमा पानी जम्छ। खाल्डो पानीले भरिन्छ। सवारी चालकले खाल्डो छलेर सवारी चाउनुपर्छ। जसले गर्दा पूरै सडकको प्रयोग हुँदैन अनि जाम हुने गर्दछ,' उनले भने।

उपत्यका भित्रको सडकमा अहिले दैनिक ११ लाखभन्दा बढी दुई र चार पाङग्रे सवारी गुडिरहेका छन्। हाम्रोमा सामान्यतया अफिस टाइम एउटै छ। सवारी चालक एउटै समयमा निस्किने भएकाले पनि जाम बढेको एसएपी पन्तको दावी छ। 

'पानी परेको समयमा धेरै सवारी चालक ओत लागेर वा पानी रोकिएपछिमात्र निस्कन्छु भन्ने सोचमा हुन्छन्,’ उनले भने, ‘त्यसैले गर्दा पानी रोकिएपछि सडकमा सवारीको चाप एकैचोटी बढ्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell