PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भत्किएको धरहरा जोगाउन हेर्नुस् यसरी टाँगियो त्रिपाल

भत्किएको धरहरा जोगाउन हेर्नुस् यसरी टाँगियो त्रिपाल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पटक पटक औपचारिक कार्यक्रम आयोजना गर्दै धरहरा ठड्याउने घोषणा भए पनि काम अघि बढ्न सकेको छैन। ऐतिहासिक पहिचान बोकेको धरहरा २०७२ साल वैसाख १२ गतेको भूकम्पमा ढलेको हो। त्यसयता प्रधानमन्त्री केपी ओलीले मात्रै दुई पटक धरहरा बनाउने भन्दै यहाँ पुगेर उद्घोष गरेका थिए। तर, निर्माण जहीँको तहीँ रह्यो।

भूकम्पले ध्वस्त भएको धरहरामा आज भने फरक दृष्य देखियो। काठमाडौं महानगरपालिकाका उपमेयरको सक्रियतामा भत्किएकै धरहरालाई जोगाउन त्रिपाल टागिएको छ। भत्किएको धरहराको स्मृतिमा फ्रेमिङ गर्नेगरी जोगाउन त्रिपाल टाँगिएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell