PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पत्रकार थपलियाको मृत्युमा अस्पतालको लापरवाही भन्दै उजुरी



पहिलोपोस्ट

पत्रकार थपलियाको मृत्युमा अस्पतालको लापरवाही भन्दै उजुरी

काठमाडौं : उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै पत्रकार यादव थपलियाकी श्रीमतीले छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छिन्। सामान्य ज्वरो आएपछि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थपलियाको असार १५ गते मृत्यु भएको थियो। 

यादवकी श्रीमती गंगा खतिवडाले उपचारको क्रममा अस्पतालले एकपछि अर्को रोग बताउँदै गए पनि के कारण मृत्यु भएको हो खुलाउन नसकेको भन्दै बुधवार छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी हुन्। 

खतिवडाको उजुरीमा बिरामीको निधनपछि अस्पताल प्रशासनले विभिन्न बहाना बनाउँदै रिपोर्ट दिन आनाकानी र अस्वीकार गरेको उल्लेख छ। त्यसैलाई आधार बनाएर उपचारमा त्रुटी भएको उनले दावी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell