PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सुन प्रकरण अनुसन्धानः २ सय ९३ जना अनुसन्धानको घेरामा, समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो



सविन ढकाल

सुन प्रकरण अनुसन्धानः २ सय ९३ जना अनुसन्धानको घेरामा, समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँः ३३ किलो सुन प्रकरणपछि सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।

सय दिनभन्दा लामो अनुसन्धानपछि विशेष अनुसन्धान टोलीले आफ्नो प्रतिवेदन बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो। 

सनम शाक्य हत्या र ३३ किलो सुन एकाएक हराएपछि सरकारले गत चैत ३० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। समितिले ७ सय ५२ पेजको सुझाव सहितको प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा अहिलेसम्म समितिले गरेका कामहरूको बारेमा जानकारी गराइएको छ। त्यस्तै अनुसन्धान अझै अपुरो नै रहेकाले आगामी दिन हुने अनुसन्धानलाई सहज बनाउन सुझाव समेत दिएको समितका सदस्यले बताए। 

विशेष अनुसन्धान टोलीले अहिलेसम्म गरेको अनुसन्धानमा ७५ जनालाई प्रतिवादी बनाएको छ। जसमा ९ जना प्रहरी अहिले जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि थुनामा छन्। प्रतिवेदनमा मुख्य सुन तस्कर को हो भनेर खुलाइएको छैन।   प्रतिवेदनमा करिव ३ सय जनालाई थप अनुसन्धानको घेरामा राखिएको छ।

प्रतिवेदनमा मोहन कुमार अग्रवाललाई मुख्य लगानीकर्ताको रूपमा देखाइएको छ। त्यस्तै दुबईबाट आएको सुनको नेपालमा व्यवस्थापन गर्ने जिम्मेवारीमा चुडामणि उप्रेती गोरेलाई बनाइएको छ। दुबईबाट अवैध हुन्डीमार्फत पठाउने कार्यमा व्यवसायी विमल पोद्धार लगायत भएको उल्लेख गरिएको समितिका एक सदस्यले बताए।

त्यस्तै प्रतिवदेनमा माघ ९ गते विमानस्थलबाट सजिलै बाहिरिएर हराएको ३३ किलो सुन कहाँ छ? कसले लुट्यो भन्ने विषय समेत स्पष्ट छैन। समितका एक सदस्यले भने,' हराएको सुन कहाँ छ भन्ने स्पष्ट उल्लेख छैन। आगामी अनुसन्धानमा भेटिएला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell