PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

एसियन गेम्सको लागि थप तयारी गर्न भारोत्तोलन टोली थाइल्यान्ड प्रस्थान



पहिलोपोस्ट

एसियन गेम्सको लागि थप तयारी गर्न भारोत्तोलन टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं : इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ।

एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। नेपालले भने पुरुष÷महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ। पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। कमल १० औं सागका स्वर्णधारी तथा विकास १२ औं सागका रजत विजेता हुन्। त्यस्तै महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ७५ केजीमा १२ औं सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिने छन्। चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन्। प्रशिक्षकमा दिनेश भुजेल रहेका छन्।

टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगष्ट १७ तारिखसम्म प्रशिक्षणरत रहनेछ। अगष्ट १८ मा टोली इन्डोनेसिया जाने कार्यक्रम छ। एसियाडअन्तर्गत भारोत्तोलन अगष्ट २० देखि १७ तारिखसम्म चल्ने छ। ७३ दिनको विशेष बन्द प्रशिक्षणपछि भारोत्तोलन टोली शनिबार नेपालगन्जबाट काठमाडौं आइपुगेको हो।

१९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो। त्यसएता एक पटक १९९४ मा जापानको हिरोसिमा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा बुधवारै बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell