PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

एसियन गेम्सका लागि करातेको बैदेशिक प्रशिक्षण जापानमा



पहिलोपोस्ट

एसियन गेम्सका लागि करातेको बैदेशिक प्रशिक्षण जापानमा

काठमाडौं : इन्डोनेसियामा हुन गइरहेको १८औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ।

अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन्।

पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले सहभागिता जनाउने छन्। महिलामा चन्चला दनुवारले एकल काता, अनु धिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रिता कार्कीले ६८ केजीमाथि भाग लिने छन्। प्रशिक्षकमा दीपक श्रेष्ठ तथा हीरासिंह डंगोल रहेका छन्। जापानबाटै टोली अगष्ट २२ मा इन्डोनेसिया जाने छ।

एसियाडमा नेपालले करातेमा हालसम्म ३ कांस्य जितेको छ। १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले नेपाललाई कांस्य दिलाएका थिए। इन्चोन एसियाडमा विमलाले जितेको कांस्य नेपालले हात पारेको एक पदक मात्र थियो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे। सोही अवसरमा थापा बिजनस ग्रुपका प्रोप्राइटर प्रणील थापा र नेपाल कराते महासंघका उपाध्यक्ष दीपक मल्होत्राद्वारा प्रायोजित ट्रयाकसुट पनि टोलीका सदस्यलाई प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell