PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

बैदेशिक प्रशिक्षणका लागि ट्रायथलन टोली थाइल्यान्डतर्फ



पहिलोपोस्ट

बैदेशिक प्रशिक्षणका लागि ट्रायथलन टोली थाइल्यान्डतर्फ

काठमाडौं : इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ।

अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ। नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ। ३ सय मिटर पौडी, ६.३ किलोमिटर साइक्लिङ र २.१ किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछ। नेपाली टोली अगष्ट २९ का दिन सीधै पालेम्वाङ जाने छ।

खेलाडी टोलीमा बसन्त थारु, दीपेश चौधरी, रोजा केसी र सोनी गुरुङ रहेका छन्। प्रशिक्षकमा पुष्परत्न वज्राचार्य छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबारै बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell