PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पहिरोका कारण नारायणगढ मुग्लिङ सडक अवरुद्ध



पहिलोपोस्ट

पहिरोका कारण नारायणगढ मुग्लिङ सडक अवरुद्ध
फाइल फोटो

चितवनः नारायणगढ–मुग्लिङ सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ। यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी सञ्चालन गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell