PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आफ्नै क्लबका पूर्वगोलकिपर पिटर चेकले दुई पेनाल्टी रोकेपछि चेल्सी आर्सनलसँग पराजित



पहिलोपोस्ट

आफ्नै क्लबका पूर्वगोलकिपर पिटर चेकले दुई पेनाल्टी रोकेपछि चेल्सी आर्सनलसँग पराजित

प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले लण्डन डर्बीमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ।

चेल्सीकै पूर्व गोलकिपर पिटर चेकले निर्धारित खेल र सुटआउटमा एक-एक पेनाल्टी रोकेपछि आर्सनल विजयी भएको हो।

आर्सनलका लागि पेनाल्टी सुटआउटमा एलेक्स इओबीले निर्णायक गोल गरे। चेल्सीको तर्फबाट अन्तिम पेनाल्टी प्रहार गरेका रुवेन लोफ्टस चिकको पेनाल्टी पिटकर चेकले रोके।

त्यसअघि निर्धारित समयम पिटर चेकले अल्भारो मोराटाका पेनाल्टी प्रहार रोक्दा चेल्सी जितबाट बन्चित बनेको थियो। त्यसअघि एन्टोनी रुइडगरले गोल ग्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाका थिए। निर्धारित समयसम्म पिन उक्त अग्रता कायमै थियो। तर इन्जुरी सयको अन्त्यतिर एलेक्जान्डर लाकाजाटेले आर्सनलका लागि बराबरी गोल फर्काउँदै हार टारेका थिए।

इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलको यो दोस्रो जित हो। पहिलो खेलमा एट्लेटिको मड्रिडससँग पेनाल्टीसुटआउटमा हारेको आर्सनलले दोस्रो खेलमा पिएसजीलाई हराएको थियो।

उता इन्टर मिलानलाई पेनाल्टीसुटआउटमै हराएको चेल्सीको यो पहिलो हार हो। चेल्सीले अब लियोनसँग खेल्न बाँकी छ।

यस्तै फ्रेन्च क्लब लियवनले पोर्चुगिज क्लब बेनफिकालाई ३-२ ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell