PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

गोठाला गएकी दश वर्षिया बालिकालाई करण गर्ने पक्राउ



पहिलोपोस्ट

गोठाला गएकी दश वर्षिया बालिकालाई करण गर्ने पक्राउ

तेह्रथुमः दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  आठराई गाउँपालिका २ खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् ।

लिम्बुले गोठाला गएकी बालिकालाई गत साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।

लिम्बुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell