
काठमाडौं : नेदरल्याण्ड्ससँगको पहिलो ओडिआई खेलमा नेपाल ५५ रनले पराजित भएपनि नेपाली खेलाडीहरुले केही कीर्तिमान बनाए।
सोमपाल कामीले नेपालको लागि पहिलो ओडिआई विकेट लिए भने ज्ञानेन्द्र मल्लले पहिलो अर्धशतक प्रहार गरे।
यस्तै ज्ञानेन्द्रले नै पहिलो ओडिआई ४ प्रहार गर्दा दीपेन्द्र सिंह ऐरीले पहिलो छक्का प्रहार गरे।
पहिलो इनिङ्समा कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि नेदरल्याण्ड्स ४७.४ ओभरमा १८९ रनमा अलआउट भएको थियो।
पारसले आफ्नो पुरै १० ओभर स्पेल बलिङ गर्दै २६ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए।
डेब्यु ओडिआईमा उत्कृष्ट प्रदर्शन गर्ने पारस खड्का पहिलो कप्तान बनेका छन्। यसअघि जिम्बावेका डनकन फ्लेचरले कप्तानको रुपमा डेब्यु गर्दै १९८३ मा अष्ट्रेलिया विरुद्ध ४२ रन खर्चेर ४ विकेट लिएका थिए।
3 wickets by captains on ODI debut
— Abhishek Mukherjee (@ovshake42) August 1, 2018
4/26 Paras Khadka (NEP) vs NED 2018 (TODAY)
4/42 Duncan Fletcher (ZIM) vs AUS 1983
3/32 Craig Wright (SCO) vs IRE 2006
3/48 Stephen Lubbers (NED) vs NZ 1996
3/50 Ray Illingworth (ENG) vs AUS 1971 (first ever ODI)
#NEPvNED #NEPvsNED pic.twitter.com/3ACNE9p7qV
यस्तै ओडिआई डेब्युमा सर्वाधिक विकेट लिने खेलाडी भने दक्षिण अफ्रिकाका खगिसो रबाडा हुन्। उनले सन् २०१५ जुलाईमा बंगलादेश विरुद्धको ओडिआई डेब्यु खेलमा ८ ओभर बलिङ गर्दै ३ मेडन राख् मात्र १६ रन खर्चर ६ विकेट लिएका थिए।
त्यसअघि २००३ वेष्टइन्डिजका फिलेड एडवार्ड्सले जिम्बावे विरुद्ध ७ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ६ विकेट लिएका थिए।