PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

छायाँकनको अन्तिम चरणमा 'पुरानो बुलेट'



पहिलोपोस्ट

छायाँकनको अन्तिम चरणमा 'पुरानो बुलेट'

काठमाडौं: फिल्म 'पुरानो बुलेट'को छायाँकन अन्तिम चरणमा पुगेको छ। निर्माण टिमले फिल्मको ८५ प्रतिशत छायाँकन सकिएको जनाए। ‍

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्मको छायाँकन काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरीशनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको रमणीय स्थानमा गरिएको हो। मोफसलमा छायाँकन सकाएर निर्माण टिम काठमाडौं आइपुगेको छ। बाँकीका छायाँकन काठमाडौंमा गरिने निर्माता विरेन साम्बाले जानकारी दिए।

फिल्ममा कलाकार अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बू कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतको मुख्य अभिनय छ। फिल्ममा हरि घले लामाको छायाँकन र उत्तमजंग लिम्बूको संगीत रहेको छ। फिल्मलाई भीषण राईले निर्देशन गर्दैछन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell