PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ओडिआईमा डेब्यु गरेपछि नेपालका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको प्रतिक्रिया



पहिलोपोस्ट

ओडिआईमा डेब्यु गरेपछि नेपालका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको प्रतिक्रिया

काठमाडौं : नेदरल्याण्ड्ससँग खेल्दै नेपालले ओडिआई क्रिकेटमा डेब्यु गर्यो। आम्स्टलभिनस्थित भिआरए मैदानमा भएको
पहिलो ओडिआई क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भयो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४ तथा सोमपाल कामीले ३ विकेट लिए। यस्तै ब्याटिङमा ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे।


नेदरल्याण्ड्स विरुद्ध १९० रनको सामान्य लक्ष्य पछ्याएपनि ब्याटिङ मा राम्रो हुन नसक्दा नेपाल १३४ रनमा अलआउट भयो।

खेलपछि नेपालका कप्तान पारस खड्काले खेल जित्न सक्छ भन्ने थाहा भएपनि ब्याटिङमा राम्रो गर्न नसक्दा पराजित भएको प्रतिक्रिया दिए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले आफुले सिकेको सिप अनुसार ब्याटिङ गरेको र नयाँ खेलमा राम्रो आफ्नो क्षमता देखाउने मौका पाएको बताए।

भिडियोमा हेर्नुस पारस र ज्ञानेन्द्रले खेलपछि के भने।
 

भिडियो : इएसपिएनक्रिकइन्फो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell