PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कार्यक्रम ढिला शुरु भएपछि प्रधानमन्त्री ओलीप्रति नारायणकाजी आक्रोशित : यसरी अर्कालाई घण्टौं कुराउने?



विधुर ढकाल

कार्यक्रम ढिला शुरु भएपछि प्रधानमन्त्री ओलीप्रति नारायणकाजी आक्रोशित : यसरी अर्कालाई घण्टौं कुराउने?

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ढिला आएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

साढे १२ मा शुरु हुने भनी निम्ता दिइएको कार्यक्रममा ओली र प्रचण्ड साढे एक बजेसम्म पनि नआइपुगेपछि उनी आक्रोशित भएका हुन्। तुल्सी अमात्य स्मृति प्रतिस्ठानको आयोजनामा प्रतिस्ठानकै कार्यालय च्यासलमा अमात्यको २१ औं स्मृतिमा आयोजित कार्यक्रममा दुई वक्ताले धारणा राखेपछि प्रचण्ड आइपुगे भने प्रधानमन्त्री ओली यो समाचार तयार पार्दासम्म आइपुगेका छैनन्।

कार्यक्रम ढिला शुरु हुने देखिएपछि श्रेष्ठ कार्यक्रम छाडेर जाने तयारी गरेका थिए। तर आयोजकले मनाएपछि उनी मञ्चमै फर्किए। 

कार्यक्रममा प्रम ओली नआइपुगेपछि श्रेष्ठले सम्बोध गर्दै भने, 'यसरी हुँदैन, समयको ख्याल गर्नु पर्‍यो। अरुलाई घण्टौ कुराउने यसलाई सुधार गर्नु पर्छ। समयको महत्व ख्याल गर्नु पर्‍यो। स्थायी समितिको बैठक बाटै यसलाई निर्णय गराउनुपर्छ।' उनले प्रधानमन्त्री लाई समयको ख्याल गर्न पर्‍यो भन्नसाथ हल तालीले गुन्जिएको थियो।

उनले गुटको अन्त्य गरी नेकपाको सरकारलाई कुनै हालतमा असफल हुन दिन नहुने धारणा राखे।

श्रेष्ठले हालै पार्टीका अध्यक्षसँग असन्तुष्ट जनाउदै प्रवक्तबाट राजीनामा दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell