PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

देशमा अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको छ : गृहमन्त्री



पहिलोपोस्ट

देशमा अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले देशमा अस्थिरता कायम गर्न यथास्थितिवादीहरुले ठूलै तयारी गरिरहेको बताएका छन्। 

आजको प्रतिनिधिसभाको बैठकमा कञ्चनपुरकी बालिका बलात्कार र सांसद निरु पालमाथिको घटनाबारे जानकारी दिएका गृहमन्त्री थापाले देशमा राजनीतिक अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको जानकारी आएको बताए। त्यस विषयमा सरकार अन्त्यन्तै गम्भीर रहेको उनको दावी थियो।
 
गृहमन्त्री थापाले देशलाई विखण्डन गर्ने षड्यन्त्रलाई पनि निस्तेज पारिएको दाबी गरे।

सांसद निरु पालमाथिको घटनाका विषयमा छानविनको तयारी भइरहेको उनले बताए।

‘प्रशासनले तुरुन्त कदम चालेको छ। यो घटनाको बारेमा गम्भीर छानविन गर्दैछौं। अहिले देश विकास र सम्वृद्धिको दिशामा अगाडि बढिरहेको छ। देशमा राजनीतिक स्थिरता नचाहनेहरुले यस्तो घटना फैलाउन चाहेका छन्,’ गृहमन्त्रीले भने।
 
पालको घटना आर्थिक अपराधसँग नभइ राजनीतिसँग जोडिएको उनको दावी थियो।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना बारेसमेत जानकारी गराइएको छ। 

उक्त घटनामा कैलाली जिल्लाका २२ वर्षीय जीवन घर्ती मगर, कञ्चनपुरका दीपक नेगीलाई नियन्त्रणमा लिएर छानविन अगाडि बढाइएको गृहमन्त्रीले जानकारी दिए। 

पोस्टमार्टम रिपोर्ट अनुसार घाँटी थिचेर पन्तको हत्या भएको जानकारी दिँदै गृहमन्त्रीले केन्द्रबाट खटिएको टोलीले पनि अनुसन्धान गरिरहेको बताए।

निर्वाद रुपमा मदिरा सेवन, लागू पदार्थको सेवनसँग यो घटना जोडिएको गृहमन्त्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell