PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

नेपाली फुटबल टोली भोली थाइल्याण्ड जाने, दुई मैत्रिपूर्ण खेल खेल्ने



पहिलोपोस्ट

नेपाली फुटबल टोली भोली थाइल्याण्ड जाने, दुई मैत्रिपूर्ण खेल खेल्ने
फाइल फोटो : एन्फा

काठमाडौँ : आगामी अक्टोबरमा इन्डोनेसियामा १८औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली भोली थाइल्याण्ड प्रस्थान गर्ने भएको छ।

साफ च्याम्पियन्सि खेल्ने राष्ट्रि टोली र एसियन गेम्स खेल्ने यू-२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ।

एन्फाले भोली बिहानै टोलीलाई बिदाई गर्ने जनाएको छ। थाइल्याण्डमा नेपालको दुई छुट्टै टोली मैत्रीपूर्ण खेल खेल्नेछन्। नेपालको राष्ट्रिय टोली आगामी मंगलवार त्यहाँको पुलिस तेरोसँग खेल्नेछ। यस्तै नेपाल यू-२३ टोलीले अर्को शुक्रवार थाइल्याण्डको यू-२३ टिमसँग खेल्नेछ।

थाइल्याण्ड भ्रमणका लागि मुख्य प्रशिक्षक योतुकु कोजीले २९ खेलाडीको नाम तयार गरिसकेका छन्। यस्तै एसियन गेम्सको लागि पनि कोजीले २० सदस्यी खेलाडी छनोट गरिसकेका छन्।

एसियन गेम्सको समूह डी मा रहेको नेपालले पहिलो चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ।
 

साफ सुजुकी कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell