PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

नेपाल vs नेदरल्याण्ड्स : दोस्रो ओडिआई आज, सिरिज बराबरी गर्ने नेपालको लक्ष्य



पहिलोपोस्ट

नेपाल vs नेदरल्याण्ड्स : दोस्रो ओडिआई आज, सिरिज बराबरी गर्ने नेपालको लक्ष्य
फोटो : रमन शिवाकोटी

काठमाडौँ : नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो ओडिआई क्रिकेट खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ।

बुधवार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ। पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल दोस्रो खेल जित्ने दाउमा छ। कप्तान पारस खड्काले पहिलो खेलपछि दिएको प्रतिक्रियामा दोस्रो खेलमा राम्रो खेल्दै जित हात पार्ने बताएका छन्।

पहिलो खेलमा नेपालका चार खेलाडी शुन्यमा आउट भएका थिए भने पहिलो इनिङ्समा चोट लागेका ब्याट्सम्यान शरद भेषावकरले अन्तिम नम्बरमा ब्याटिङ गरेका थिए। चार खेलाडीले रनको खाता खोल्न नसक्नु र शरदको चोटका कारण नेपालले गतिलो सुरुवात गरेर पनि १९० नरको लक्ष्य भेट्टाउन सकेको थियो।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिल शाहले ५८ रन जोड्नु बाहेक राम्रो साझेदारी हुन सकेन। ज्ञानेन्द्रले सर्वाधिक ५१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए। अनिल शाहले २१ तथा पारस खड्काले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए।

पहिलो खेलमा चोट लागेका शरद भेषावकर दोस्रो खेल नखेल्ने पक्का छ। यस्तै युरोप टुर जानुअघि नै यो अन्तिम विदेश टुर हुने बताएका भेट्रान स्पीनर शक्ति गौचन दोस्रो खेलमा खेल्ने सम्भावना कम छ। पहिलो खेलमा ओपनर सुवास खकुरेल, ब्याट्सम्यान रोहित कुमार पौडेल र स्पीनर ललित राजवंशी बेन्चमा थिए।

दोस्रो खेलमा यी तीनमध्ये दुई खेलाडीले खेल्ने सम्भावना छ।

यदी पहिलो खेल खेलेका चारै खेलाडीलाई ओडिआईमा डेब्यु गरउने हो भने यी तीनै खेलाडी खेल्न सक्नेछन् र करणको स्थानमा ललित भण्डारीले अवसर पाउन सकछन्।

दोस्रो खेल जित्दै ऐतिहासिक ओडिआई सिरिज बराबरी गरेर चार वर्षे ओडिआई यात्रामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell