PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

संसदीय सुनुवाइ समिति बस्दै, अनुमोदित होलान प्रस्तावित प्रधानन्यायाधीश जोशी?



पहिलोपोस्ट

संसदीय सुनुवाइ समिति बस्दै, अनुमोदित होलान प्रस्तावित प्रधानन्यायाधीश जोशी?

काठमाडौँः निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन। शुक्रबार बिहान १० बजे समिति बैठक बोलाइएको छ।

साउन १० गते नै सुनुवाइ सम्पन्न भए पनि निर्णय भएको छैन। 

जोशीले सुनुवाइ समितिमा गरेको पेस गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ। तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीको विपक्षमा उभिएको छ। भने, प्रतिपक्ष दल कांग्रेस जोशीको पक्षमा छ। 

बुधबारको बैठकमा निर्णय प्रक्रिया अघि बढाउने भनिए पनि कांग्रेसले असहमति राखेपछि प्रक्रिया रोकिएको थियो। बहुमतीय प्रक्रियाबाट गए समिति बैठक बहिष्कार नै गर्ने चेतावनी कांग्रेसले दिएको थियो। 

कांग्रेसको चेतावनीपछि सहमतिका लागि भन्दै बैठक दुई दिनका लागि सारिएको थियो। दलहरुको पोजिसन यथावत रहेको अवस्थामा जोशीको अनुमाेदन हुने सम्भावना भने कम देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell