PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

१० दिने प्रशिक्षणका लागि नेपाली टोली थाइल्याण्ड जाँदै, उतैबाट एसियन गेम्स खेल्न इन्डोनेसिया जाने

१० दिने प्रशिक्षणका लागि नेपाली टोली थाइल्याण्ड जाँदै, उतैबाट एसियन गेम्स खेल्न इन्डोनेसिया जाने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली दिउँसो थाईयल्याण्ड जाँदैछ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले आजै एन्फा कम्प्लेक्समा बिदाई गरे।

नेपाली टोली १० दिने क्याम्पका लागि थाइल्याण्ड जान लागेको हो। टोलीमा सिनियर टोलि र यू-२३ टोलीका खेलाडीहरु समावेश छन्। कूल २९ खेलाडि थाइल्याण्ड जादैछन्। यस्तै मुख्य प्रशिक्षक जापानिज नागरिक योतुकु कोजी पनि टिमसँगै थाइल्याण्ड जानेछन्।

टुरिष्ट भिसामा अहिलेसम्म नेपाल बसेको र वर्क परमिट नभएका कारण मुख्य प्रशिक्षक कोजीलाई अध्यागमन विभागले जापान फर्काउने तयारी गरिरहँहा कोजी टिमसँगै जान लागेका हुन्। 

नेपाली टोलीले थाइल्याण्डमा पुलिस तेरो र थाइल्याण्डको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ। अगष्ट १० सम्म तयारी पछि टोली सिधै इन्डोनेसिया प्रस्थान गर्नेछ।

१८औँ एसियन गेम्स अन्तर्गत फुटबलको समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसाग समूह चरणमा खेल्नेछ।

एसियन गेम्सका लागि २० सदस्यीय नेपाली टोली यसअघि नै घोषणा भइकसेको छ। यू-२३ टिमले खेल्ने एसियन गेम्समा ३ खेलाडी २३ वर्ष माथिका छन्। जसमा किरण चेम्जोङ, रोहित चन्द र विशाल राई छन्।

विदेशमा लिग खेलिरहेका किरण चेम्जोङ र रोहित चन्द भने उतैबाट नेपाली टोलीमा सामेल हुनेछन्। किरण माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबमा खेलिरहेका छन् भने रोहित इन्डोनेसियाकै पर्सिया जाकार्ताबाट खेलिरहेका छन्।

एसियन गेम्स खेल्ने नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन्। 

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनील बल, विशाल राई, सुमन लामा, विमल घर्तीमगर छन्। मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell