PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

फ्राइडे रिलिजमा 'कायरा' र 'झमक बहादुर'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'कायरा' र 'झमक बहादुर'

काठमाडौं :  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'कायरा' र 'झमक बहादुर' प्रदर्शनमा आएका फिल्महरु हुन्।   

फिल्म 'कायरा' रोमान्स विधामा बनेको फिल्म हो। लक्ष्मण रिजाल निर्देशित फिल्ममा अभिनेता आर्यन सिग्देलको कथा रहेको छ। फिल्ममा कथाकार आर्यनसँगै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पनि मुख्य अभिनय रहेको छ। फिल्मको अधिकांश छायाँकन फिलिपिन्समा गरिएको हो।

फिल्ममा आर्यन र सामाग्रीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठ लगायतको अभिनय रहेको छ। फिल्ममा बनिष शाह, मिलन श्रेष्ठको सम्पादन र केदार भुषालको पटकथा रहेको छ।

प्रदर्शनमा आएको अर्को फिल्म 'झमक बहादुर'मा अभिनेता अनुप विक्रम शाहीको मुख्य अभिनय रहेको छ। भोमन कटवाल निर्देशित फिल्ममा अनुपसँगै यादव देवकोटा, राजु, सुजता थापा, मीन कुमार तामाङ लगायतको मुख्य अभिनय रहेको छ। फिल्ममा अनिल कुमार महर्जनको सम्पादन र कल्याण अधिकारीको कथा रहेको छ।

बलिउड फिल्म 'फन्नी खान' पनि नेपाल प्रदर्शनमा आएको छ। फिल्ममा अभिनत्री ऐश्वर्य राए बच्चन, अनिल कपूर र राजकुमार राओको मुख्य अभिनय छ। कमेडी विधामा बनेको फिल्मलाई अतुल मंजरेकरले निर्देशन गरेका हुन्।   

त्यस्तै यो साता हलिउड फिल्म 'द डार्केस्ट माइण्ड' र 'क्रिस्टोफर रोविन' प्रदर्शनमा आए। 'द डार्केस्ट माइण्ड'लाई जेनिफर योनेल्सनले निर्देशन गरेकी हुन्। साइन्स फिक्सनको विधामा बनेको फिल्ममा म्यान्डी मोर, अमन्ड्ला स्टेवर्ग लगायतको अभिनय रहेको छ।  
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell