PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी वकिलहरूलाई महान्यायाधिवक्ताको निर्देशन



पहिलोपोस्ट

अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी वकिलहरूलाई महान्यायाधिवक्ताको निर्देशन

काठमाडौंः महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरूलाई निर्देशन दिएका छन्। 

शुक्रवार काठमाडौंमा आयोजित सरकारी वकिलहरूको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दे महान्यायाधिवक्ता खरेलले अनुसन्धान अधिकृतसँगको सम्बन्ध मजबुत बनाउनुपर्ने बताए। ‘अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुन्छ त्यसैले अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘अभियोजन प्रभावकारी र परिणाममुखी बनाउनका लागि अनुसन्धान अधिकृतसँगको सम्बन्ध मजबुत बनाउने विषयलाई सधैँ प्राथमिकतामा राख्नुस्।’ 

नयाँ ऐन कार्यान्वयनका लागि न्यायालय, प्रहरी तथा सम्बन्धित सबै निकायले आवश्यक सबै तयारी गरिरहेको बताउँदै महान्यायाधिवक्ता खरेललेसम्बन्धित निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्न सरकारी वकिलहरूलाई निर्देशन दिए। 

महान्यायाधिवक्ताको कार्यालयको सीमा भित्र रहेर नयाँ कानुन बारे जानकारी मुलुक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। नयाँ र पुराना प्रावधानका बारेमा तुलनात्मक अध्ययन तथा विश्लेषण गर्दै नयाँ ऐनका बारेमा सरकारी वकिलहरूको एउटै अवधारणा तयार गर्नुपर्ने उनको भनाई थियो। 

महान्यायाधिवक्ता खरेलले विगतका कतिपय अभ्यासले नयाँ ऐन कार्यान्वयनका चरणमा साथ नदिनेसमेत बताए। त्यस्तो अवस्थामा आउन सक्ने समस्या समाधानका लागि महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क व्यक्ति सहितको डेक्स स्थापना गरिने उनले बताए। 

महान्यायाधिवक्ताको कार्यालयले शुक्रवार सरकारी वकिलहरूका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्यन) ऐन २०७४ का बारेमा कार्यशाला आयोजना गरेको हो।
भदौ १ गते देखि यी ऐनहरू लागु हुँदै छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell