PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

सांसद निरु पाल प्रकरणः एसपीको नेतृत्वमा छानविन समिति गठन



पहिलोपोस्ट

सांसद निरु पाल प्रकरणः एसपीको नेतृत्वमा छानविन समिति गठन

काठमाडौं: मंगलवार सांसद निरु पालमाथि भएको घटनालाई लिएर प्रहरीले छानविन समित गठन गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एसपीको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। समितिमा एसपी रामदत्त जोशी, महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी रहेका छन्।

मगलवार राति करिब ८ बजेतिर सांसद पाललाई अज्ञात व्यक्तिले पेस्तोल देखाएको उनले जानकारी गराएकी थिइन्।

अनुसन्धानको क्रममा बिहीवारमात्र ९५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका मध्ये १६ जनालाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइ बाँकीलाई भने छोडिएको एसएसपी पोखरेलले बताए। नियन्त्रणमा लिएका सबै जनालाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म प्रहरी अनुसन्धानमा केही खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell