PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बन्ने भयो 'बाहुबली ३'



पहिलोपोस्ट

 बन्ने भयो 'बाहुबली ३'

सर्वाधिक रुचाइएको बलिउड फिल्म 'बाहुबली'को तेस्रो संस्करण बन्ने भएको छ। निर्देशक एस.एस राजमौलीको निर्देशनमा  'बाहुबली द कनक्लुजन' बन्यो। अब भने 'बाहुबली बिफोर द विगनिङ' बन्ने भएको हो।

भारतीय मिडियाका अनुसार भारतमा आक्रामक रुपमा अघि बढिरहेको नेटफ्लिक्सले प्रिक्वेलको घोषणा गरेको हो।

निर्देशक राजमौली बाहुबलीको यो फ्रेन्चाइजलाई लिएर उत्साहित छन्। अघिल्ला फिल्ममा देखाइएको पात्र शिवगामीको पक्षबाट फिल्म बन्नेछ। फिल्मका लागि अझै कलाकार फाइनल भएको छैन। निर्देशक एस.एसले २०१५ मा 'बाहुबली' र २०१७ मा 'बाहुबली द कनक्लुजन'  बनाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell