PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

सुवास, रोहित र ललितले डेब्यु गर्दै : शक्ति, शरद र करण टिम बाहिर



पहिलोपोस्ट

सुवास, रोहित र ललितले डेब्यु गर्दै : शक्ति, शरद र करण टिम बाहिर
रोहित पौडेल, फोटो : anuragacharya/twitter

काठमाडौं : नेदरल्याण्ड्स विरुद्धको दवस्रो ओडिआई क्रिकेमा नेपालका ३ खेलाडीले डेब्यु गर्दैछन्। बुधवार भएको पहिलो ओडिआईमा नेपालका ११ जनै खेलाडीले डेब्यु गरेका थिए।

विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल, ब्याट्सम्यान रोहित कुमार पौडेल र बलर ललित सिंह भण्डारीले दोस्रो खेल मार्फत ओडिआईमा डेब्यु गर्न लागेका हुन्।

उनीहरुले खेलअघि डेब्यु क्याप समेत प्राप्त गरेका छन्।

पहिलो खेल खेलेका भेट्रान शक्ति गौचन, ब्याट्सम्यान शरद भेषावकर र बलर करण केसीको स्थानमा यी तीन खेलाडीले आज खेल्न लागेका हुन्।

नेपालको पहिलो ओडिआई सिरिज खेल्ने टोलीमा रहेका १५ मध्ये एक मात्र खेलाडी ललित नारायण राजवंशीले भने डेब्यु गर्न पाएनन्।

नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्स विरुद्ध टस जितेको छ र पहिले ब्याटिङ गर्दैछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell