काठमाडौं : नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले ‘नक्कली नोटको कारोबार गरेकोमा’ गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो।
निर्माता वाग्लेले २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। उच्च अदालत पाटनको आदेशअनुसार उनले धरौटी बुझाएका हुन्।
तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहित विरुद्ध नक्कली नोटको कारोबारमा ‘खोटा चलन’मा मुद्दा दर्ता भएको थियो।
जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो। नेपाल राष्ट्र बैंकले नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।
६ जना मध्येकै एक २४ वर्षीय महेन्द्र बोगटीले काठमाडौं महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा बिल तिर्दा दिएको नक्कली नोटले नै बाँकीको पहिचान भएको थियो।