PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

दोस्रो ओडिआई : २० ओभरमा नेपालको ८८ रन, नेदरल्याण्ड्सले लियो ५ विकेट



पहिलोपोस्ट

दोस्रो ओडिआई : २० ओभरमा नेपालको ८८ रन, नेदरल्याण्ड्सले लियो ५ विकेट

काठमाडौं : नेपालले दोस्रो (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गरेको छ।

भिआरए ग्राउण्डमा २० ओभर खेलिसक्दा नेपालले ५ विकेट गुमाइसकेको छ भने ८८ रन बनाएको छ। नेपालका लागि सुवास खकुरेल र दीपनेद्र सिंह ऐरी समान १९ रन बनाएर बउट भएका छन्।

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ले १३ तथा रोहित कुमार पौडेल ६ रन बनाएर आउट भइसककेा छन्।  कप्तान पारस खड्का १६ रन बनाएर खेलिरहेका छन्।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेनले सर्वाधिक ३ विकेट लिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell