PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

'प्रेमचरी' बन्ने घोषणा



पहिलोपोस्ट

'प्रेमचरी' बन्ने घोषणा

काठमाडौं: फिल्म 'प्रेमचरी' बन्ने भएको छ। निर्देशक बिचल किराँतीको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा चन्द्र भट्टराईको कथा रहनेछ। संजय श्री र मोनिका कुमारी ठाकुरको निर्माणमा बन्ने फिल्ममा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना ओली, संजय श्री र मनमोहन ठाकुरको अभिनय रहनेछ।

६० लाखको बजेटमा फिल्म बनाउने निर्माता संजयले जनाए। फिल्ममा ओम सुनारको संगीत रहनेछ।  लभ र एक्सन विधामा बन्ने फिल्ममा पवन गौतमको छायाँकन, रेवन्त थापाको द्वन्द रहनेछ। फिल्मको शुक्रबार शुभ - मुहुर्त गरियो।

निर्माण टिमले दिएको जानकारी अनुसार भदौबाट फिल्मको छायाँकन सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell