काठमाडौँ : कप्तान पारस खड्का नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।
खड्काले शुक्रवार नेदरल्याण्ड्स विरुद्धको दोस्रो ओडिआईमा अर्धशतक प्रहार गरेका हुन्। ३१औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले अर्धशतक बनाएका हुन्।
उनले ६५ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५० रन पुरा गरे। अर्धशतक प्रहार गरेलगत्तै खड्कालाई डच कप्तान पटर सिलरले स्नाटरको हातबाट क्याचबउट गराए।
कप्तान पारसले ६९ बल खेल्दै ५१ रन बनाए। उनले पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ले बनाएको सर्वाधिक ५१ रनको स्कोर बराबरी गरे। ज्ञानेन्द्र नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
पारसले दोस्रो ओडिआई खेलमा अर्धशतक प्रहार गरेका हुन्।