PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नेपालले दियो नेदरल्याण्ड्सलाई २१७ रनको लक्ष्य, पारस र सोमपालको अर्धशतक

नेपालले दियो नेदरल्याण्ड्सलाई २१७ रनको लक्ष्य, पारस र सोमपालको अर्धशतक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ।

दोस्रो ओडिआईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए।

पारस र सोमपालको ओडिआईमा यो पहिलो अर्ध शतक हो भने नेपालका लागि अर्ध शतक प्रहार गर्ने पारस दोस्रा तथा सोमपाल तेस्रा खेलाडी बने।

यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए।

नेपालका लागि सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरीले १९-१९ रन बनाए भने आरिफ शेखले १६ तथा ज्ञानेन्द्र मल्ले १३ रन जोडे।

८८ रन हुँदा ५ विकेट गुमाएको नेपालका लागि कप्तान पारस र बरिफले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। यस्तै सोमपाल कामीले सन्दीप लामिछानेसँग नवौं विकेटका लागि ४१ रनको साझेदारी गरे।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेनले ३ तथा पिटर सिलर र माइकल रिप्पोनले २-२ विकेट लिए।



ट्रेन्डिङ पोस्ट

Ncell