PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

प्रदेश ५ : कृषियन्त्र खरिदमा ५० प्रतिशत अनुदान, कृषि मन्त्रालयद्वारा ३० करोड विनियोजन



चन्द्रकान्त खनाल

प्रदेश ५ : कृषियन्त्र खरिदमा ५० प्रतिशत अनुदान, कृषि मन्त्रालयद्वारा ३० करोड विनियोजन

रुपन्देही: कृषिमा उत्पादन वृद्धिका लागि प्रदेश नम्बर ५ को सरकारले कृषियन्त्र खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ। ट्रयाक्टर, हार्भेस्टर, पावर ट्रिलर, ट्रिपर, थ्रेसरजस्ता मेसिन खरिदका लागि ५० प्रतिशत अनुदानका लागि मात्रै ३० करोड रकम छुट्टाईएको कृषिमन्त्रालयले जनाएको छ।

कृषिको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रीकरणसहित र स्मार्ट कृषि गाउँ, एक पालिका एक शीत भण्डारलगायतका कार्यक्रममासमेत किसानले अनुदान पाउनेछन्।

बालीको उत्पादकत्व वृद्धि गर्न माटोको उर्वरा शक्ति संरक्षण, घुम्ती माटो परीक्षण मेसिन खरिद गर्न ६५ लाख र कृषि प्राविधिक शिक्षालयको क्षमता विस्तार र गुणस्तर सुधार गर्न ६० लाख रकम खर्च गर्ने योजना छ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले सरकारी, सहकारी र निजी क्षेत्रको सहभागितामा कृषि क्षेत्रको विकासबाट समृद्ध बन्न सक्ने सम्भावना अनुसार सरकार अघि नीति तथा योजना अगाडि बढाएको बताईन। प्रदेश ५ को कुल उत्पादनले देशको कुल कृषि उत्पादनको १८ दशमलब ४ प्रतिशत योगदान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell