PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

डिएसपी आफैँ इनारमा ओर्लिए पनि बचाउन सकेनन् तीन जनाको ज्यान



पहिलोपोस्ट

डिएसपी आफैँ इनारमा ओर्लिए पनि बचाउन सकेनन् तीन जनाको ज्यान
इनारको फाइल फोटो : exame.abril.com.br

काठमाडौं : इनार सफा गर्ने क्रममा काठमाडौँको कपुरधारामा निस्सासिएर तीन जनाको मृत्यु भएको छ। 

शुक्रवार बिहान करिब १० बजे  मेघवर्ण गौतमको घरमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घर धनी ७० वर्षीय गौतम, ३५ वर्षीय भारतीय नागरिक अशोक कुमार र २३ वर्षीय रमेश चौधरी रहेको महानगरी प्रहरी वृत्त लैनचौरका डिएसपी गौतमकुमार केसीले बताए। उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

इनार सफा गर्न बोलाइएका भारतीय नागरिक अशोक सिंह सुरुमा इनार भित्र पसेका थिए। त्यसपछि उनलाई सहयोग गर्न रमेश पनि भित्रै छिरे। इनारभित्र अक्सिजन नभएकाले उनीहरू निसास्सिन थाले। त्यो देखेपछि घरबेटी गौतम आफै उनीहरूलाई बचाउन इनारभित्र छिरे। 

तर गौतम पनि इनारबाट निस्किन सकेनन्। त्यसपछि प्रहरीलाई खबर गरियो। लैनचौर वृत्तबाट डिएसपी नै घटनास्थल पुगे। इनारमा तीन जना फसेको देखेपछि डिएसपी केसी आफै इनारमा जान तयार भए। उनी इनारभित्र छिरे पनि। उनले भने, 'आँखा अगाडि घटना भएपछि डर हुँदो रहेनछ।' 

उनकै सक्रियतामा तीनै जनाको उद्दार गरियो र अस्पताल पुर्‍याइयो। तर, उनीहरूको ज्यान भने जोगिएन। राजधानीमा यसैगरी इनार सफा गर्दा मृत्यु हुने घटना यो पहिलो भने होइन। महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहन थापाका अनुसार हरेक वर्ष यस्ता घटना भइरहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell