PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेदरल्याण्डसमा खेलाडीले रन बटुल्दै गर्दा मैदान नजिक पाक्दै थियो मोमो



पहिलोपोस्ट

नेदरल्याण्डसमा खेलाडीले रन बटुल्दै गर्दा मैदान नजिक पाक्दै थियो मोमो

नेदरल्यान्डमा दोस्रो ओडिआई खेल क्रिकेटप्रेमीका चासोको विषय हुनु स्वभाविक हो। नेपालले ब्याटिङ गर्दै नेदरल्यान्डलाई २ सय १७ रनको चुनौती पस्किरहँदा मैदान नजिकै मोमो पस्किनेहरु सक्रिय थिए। खेलसँगै नेपालको लोकप्रिय फास्टफुड मोमोको स्टल नेदरल्यान्डको आम्सलिभिनमा  मैदान नजिकै तयार थियो। नेपाली क्रिकेटलाई सधै साथ दिँदै आएका इएसपीएनका पत्रकार पिटर डेल्ला पेनाले ट्विट गर्दै मैदानमा मोमोको स्वादबारे उल्लेख गरेका छन्। 

उनले फोटो हाल्दै मोमोका लागि क्यू लागेको उल्लेख गरेका छन्। उनका अनुसार नेपालको पारिवारिक वातावरण मैदानमा देखिएको थियो। ५ डल्ला मोमोको मूल्य ५ युरो पर्नसमेत उनले ट्विटमा उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell