PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पहिलो ओडिआई जितपछि नेपाली खेलाडी र प्रशिक्षकको प्रतिक्रिया



पहिलोपोस्ट

पहिलो ओडिआई जितपछि नेपाली खेलाडी र प्रशिक्षकको प्रतिक्रिया

काठमाडौँ : नेदरल्याण्ड्सलाई अन्तिम ओभरसम्म पुगेको खेलमा १ रनले पराजित गर्दै नेपालले वान डे इन्टरनेशनल क्रिकेटमा पहिलो जित हात पार्‍यो। ओडिआई स्ट्याटस पाएको साँढे चार महिनापछि भएको पहिलो सिरिज नेपालले १-१ को बराबरीमा सकायो।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा पुनरागमन गर्दै १ रनको रोमाञ्चक जित हासिल गर्‍यो।

नेपालले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियव। जवाफमा नेदरल्याण्ड्सले पुरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २१५ रन बनाए।

नेपालको जितमा सोमपाल कामीले सर्वाधिक ६१ तथा कप्तान पारस खड्काले ५१ रन बनाए। बलिङमा सन्दीप लिमछानेले ३ तथा ललित भण्डारीले २ विकेट लिए।

खेलपछि नेपालका कप्तानदेखि प्रशिक्षण सम्म सबैले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।

१९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट खखेल्न सुरु गरेको नेपालले २२ वर्षपछि पहिलो पटक ओडिआई स्ट्याटस पायो र नेदरल्याण्ड्स विरुद्ध २ खेलको सिरिज समेत खेलिसकेको छ। नेपालले ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो।

नेपालका खेलाडी र प्रशिक्षकको प्रतिक्रिया यस्तो छ।

कप्तान पारस खड्काले पहिलो ओडिआई विनपछि सबैलाई धन्यवाद दिएका छन्। 


सन्दीप लामिछानेले यो जितभन्दा ठूलो अरु केही हुन नसक्ने भन्दै सोमपाल र पारसले ब्रिलियन्ट इनिङ्स खेलेको लेखेका छन्।

यस्तै पहिलो खेलमा चोट लागेका कारण दोस्रो खेलमा बेन्चमा बसेका शरदले फस्ट ओडिआई विन भन्दै पोष्ट गरेका छन्।

म्यान अफ दी म्याच सोमपाल कामीले सबैको साथले गर्दा यो सफलता हासिल गरेको भ्नदै सबैलाई धन्यवाद दिएका छन्।

उपकप्तान ज्ञानेन्द्र मल्ले नेपालको पहिलो ओडिआई विन सम्झनलायक यात्रा भएको बताउँदै सबैलाई धन्यवाद दिएका छन्।
  नेदरल्याण्ड्स विरुद् दोस्रो खेलमा डेब्यु गर्दै ओडिआईमा डेब्यु गर्ने विश्वकै चौथो कान्छो खेलाडी रोहितले जितपछि प्राउड मोमेन्ट भनेका छन्।

सुवास खकुरेलको ट्वीट अनिल शाहले ऐतिहासिक दिन लेखेका छन्।

यस्तै नेपाल विरुद्ध ७१ रन बनाएपनि जित दिलाउन नसकेका डच खेलाडी वेस्ले बारेसीले नेपालले राम्रो खेलेको भन्दै बधाई दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell