PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नारायणगढ मुग्लिङ सडकखण्डको घुमाउनेमा पहिरो, सवारी आवागमन अवरुद्ध



पहिलोपोस्ट

नारायणगढ मुग्लिङ सडकखण्डको घुमाउनेमा पहिरो, सवारी आवागमन अवरुद्ध
फाइल फोटो

चितवनः नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ। सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ।

सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो। बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell