PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पाल्पामा जीप दुर्घटना २ जनाको मृत्य



पहिलोपोस्ट

पाल्पामा जीप दुर्घटना २ जनाको मृत्य

रुपन्देहीः पाल्पाको ठिमुरे ढुस्टुङ्गमा शनिबार साँझ बा १ च ७९७० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। तानसेनबाट बिद्युतका सामाग्री लिएर ठिमुरेतर्फ जाँदै गरेको निजी हाइलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटना भई खोल्सामा खसेको हो।
 
जीपमा सवार विवेक पौडेल र डोल्पाली भनेर चिनिने एक जना गरी दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। जीप सडकबाट अप्ठ्यारो ठाउँमा निकै तल खसेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell