PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भेनेजुयलामा राष्ट्रपतिमाथि ड्रोन आक्रमण



पहिलोपोस्ट

भेनेजुयलामा राष्ट्रपतिमाथि ड्रोन आक्रमण
Photo: xinhuanet.com

काठमाडौँः भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ। शनिबार राति एक कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा आक्रमण भएको त्यहाँका सञ्चारमन्त्री जोग्रे रोड्रिगेजले जनाएका छन्।

शनिबार राति देशको राष्ट्रिय गार्डको ८१ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै गर्दा आक्रमण भएको सिन्ह्वाले जनाएको छ।

विस्फोटक पदार्थ भरिएको ड्रोन राष्ट्रपति मादुरोले सम्बोधन गरिरहेको स्थान नजिकै विस्फोट भएको थियो। तर उनलार्इ केही नभएको अधिकारीले जनाएका छन्।

उनको सुरक्षार्थ तैनाथ सैनिकहरू घाइते भएका छन्। त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोसिस भएको बताएको छ।

ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell