PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जाजरकोटमा पहिरोले दुई घर पुरिए, तीन जनाको मृत्यु, चार बेपत्ता



पी बी खड्का

जाजरकोटमा पहिरोले दुई घर पुरिए, तीन जनाको मृत्यु, चार बेपत्ता

सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ। 

जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारले पहिरोमा परी तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको जानकारी दिए। तीर्थको घरबाट तीन जनाको शव निकालिएको हो। थप एक हराइरहेको बताइएको छ। गोपाल सुनारको घरमा तीन जना पुरिएको आंशका गरिएको छ।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell