PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नारायणगढ मुग्लिङ सडकखण्डको पहिरो पन्छाइयो, सवारी आवागमन सुरु



पहिलोपोस्ट

नारायणगढ मुग्लिङ सडकखण्डको पहिरो पन्छाइयो, सवारी आवागमन सुरु
फाइल फोटो

चितवनः नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ। सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell