PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनाको मृत्यु, चार अझै बेपत्ता



पी बी खड्का

जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनाको मृत्यु, चार अझै बेपत्ता

सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिकाको रहेको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ।

मृतकमध्ये एकको पहिचान खुलेको छ। प्रहरीका अनुसार शितली लुहारको पहिचान भएको प्रहरीले जनाएको छ।

जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारले पहिरोमा परी तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको जानकारी दिए। प्रहरीले मृतक चार जना एकै परिवारका रहेको बताएको छ। गोपाल सुनारको घरमा तीन जना पुरिएको आंशका गरिएको छ।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell