
काठमाडौं: फिल्म 'मेरी मामु'को टिम मोफसल प्रचारमा छ। भदौ १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको एक टोली पुर्वमा छ। अर्को टिम प्रचारका लागी पश्चिम पुगेको निर्माता सन्तोष सेनले जनाए। सन्तोष फिल्म प्रचारमा निकै मिहिनेत गर्छन्। पछिल्लो फिल्म 'प्रेमगीत २' मा पनि उनले प्रचारमा निकै समय खर्चेका थिए।
काठमाडौं र देशका मुख्य शहरहरुमा प्रोजेक्टर क्याम्पियन पनि चलिरहेको छ। जस अन्तर्गत फिल्मको प्रचार सामग्रीहरु भिडभाडमा प्रोजेक्टरबाट देखाइनेछ। निर्माता सन्तोष सेनको टिमले धरानमा पत्रकार सम्मलेन पनि गर्यो। टिममा कलाकारहरु आयुव सेन, कुसुम गुरुङका साथमा गायक सागर राई र कलाकार शिशिर भण्डारी थिए।
फिल्मको पश्चिम प्रोमोसनमा अन्य कलाकारहरु अश्लेषा ठकुरी, सारुक ताम्राकार लगायतको टिम पुगेको छ। फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्।