PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ओडिआईमा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली भोली बिहान काठमाडौँ आइपुग्ने



पहिलोपोस्ट

ओडिआईमा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली भोली बिहान काठमाडौँ आइपुग्ने
फोटो : रमन शिवाकोटी

काठमाडौँ : ओडिआई क्रिकेटमा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्नेछ।

नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकJटीका अनुसार टोली सोमवार बिहान ८:५० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेछ।

नेदरल्याण्ड्सको पहिलो ऐतिहासिक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै नेपालले पहिलो ओडिआई जित हात पारेको हो।

पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो। लर्ड्समा टी-२० ट्राइ सिरिज र नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेपछि नेपाली टोली फर्कँदैछ।

नेपाली टोली नेदरल्याण्ड्सको समय अनुसार आज ११:४० बजे बिहान आम्सटरडर्मबाट जेट एअरवेजमा आउनेछ।

यस्तै नेपाली टोलीका सदस्य सन्दीप लामिछाने भने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा सहभागि हुन वेष्टइन्डिज प्रस्थान गरिसकेका छन्। सन्दीपले सीपीएलमा क्रिस गेलको कप्तानीमा रहेको सेन्ट कि६स एण्ड नेभिस प्याट्रिओट्सबाट खेल्नेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell