PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनासहित नौ जनाको मृत्यु



पी बी खड्का

जाजरकोट पहिरो अपडेटः एकै परिवारका चार जनासहित नौ जनाको मृत्यु

सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा दुई घर पुरिएका छन्। पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ। 

जाजरकोट प्रहरी निरीक्षक इन्द्रजित सुनारकाअनुसार पहिरोले तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरेको छ। 

मृत्यु हुनेहरूमा ११ वर्षीय नविन परियार, १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। उनीहरु एकै परिवारका भएको बताइएको छ। 

त्यस्तै तिर्थ बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पुरिएर मृत्यु छ। 

त्यस्तै, २५ वर्षीय शितला लुहार, उनकी ९ वर्षीया छोरी भगवती विक, ६ वर्षीया रञ्जना विक, र ३ वर्षीया मनिषा विकको समेत मृत्यु भएको छ। यी पनि एकै परिवारका हुन्।  

शितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारसमेत घाइते  भएका छन्। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको छ। 

ती घरमा बाटो हिँड्ने बटुवासमेत बास बसेको स्थानीयले बताएका छन्। 

ती घरमा अझै केही पुरिएको हुन सक्ने आंशका गरिएको छ। उनीहरुको उद्दार कार्य जारी छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell