PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पोखरामा 'मिस्टर भर्जिन' टिमले साङ्गितिक कार्यक्रम गर्ने



पहिलोपोस्ट

पोखरामा 'मिस्टर भर्जिन' टिमले साङ्गितिक कार्यक्रम गर्ने

काठमाडौं: 'मिस्टर भर्जिन' टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको मोफसल प्रचार थालेको छ। टिमले आइतबार पोखराको मिड टाउन सिनेमा हलमा कलाकार सहितको साङ्गितिक कार्यक्रम गर्नेछ।

टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहितको टिम सहभागी छन्। पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा धरान, बिर्तामोड, दमकहुँदै टिम काठमाडौं फर्किने निर्देशक बिशारद बस्नेतले जनाए।

वोल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा गौरव, मरिश्का, कमलमणिसँगै, विजय बराल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell