PahiloPost

May 16, 2026 | २ जेठ २०८३

इन्टरनेशनल च्याम्पियन्स कप : रोनाल्डोको पूर्व क्लब रियलले वर्तमान क्लब युभेन्ट्सलाई हरायो, बार्सा मिलानसँग पराजित



पहिलोपोस्ट

इन्टरनेशनल च्याम्पियन्स कप : रोनाल्डोको पूर्व क्लब रियलले वर्तमान क्लब युभेन्ट्सलाई हरायो, बार्सा मिलानसँग पराजित

क्रिस्टियानो रोनाल्डोको पूर्व क्लब रियल मड्रिडले वर्तमान क्लब युभेन्ट्सलाई इन्टरनेशनल च्याम्पियन्स कपमा पराजित गरेको छ।

मार्को असेन्सिओको दुई तथा गारेथ बेलको गोल मद्दतमा रियलले युभेन्ट्सलाई ३-१ ले पराजित गरेको हो।

रियलका ड्यानी कार्भाजलले आत्मघाती गोल गरेपछि युभेन्ट्सले १२औँ मिनेटमा अग्रता लिएको थियो। तर बेलले ३९औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे।

रियलका लागि असेन्सिओले ४७औँ र ५६औँ मिनेटमा गोल गरे। रियल विजयी हुँदा अर्को स्पानिस क्लब बार्सिलोन भने इटालियन क्लब एसी मिलानसाग १-० ले पराजित भएको छ।

अमेरिकाको फेडएक्सफिल्डमा भएको खेलमा युभेन्ट्स रियलसँग पराजित हुादा रोनाल्डो भने इटलीको टुरिनमै थिए। रोनाल्डो रसिया विश्वकप प५ि रियलबाट युभेन्ट्स पुगेका हुन्।

आन्द्रे शिल्भाले इन्जुरी टाइममा गोल गर्दै मिलानलाई जित दिलाएको हो।

यसैगरी अर्को इटालियन क्लब इन्टरमिलानले फ्रेन्च क्लब लियोनलाई १-० ले पराजित गरेको छ। इन्टरका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell